दफा ३३
कोषले शोधभर्ना पाउने प्रक्रिया
: (१) वित्तीय लिक्विडेशन, लिक्विडेशन वा खारेजीमा गएको सुरक्षित सदस्य संस्थाबाट कोषले पाउनु पर्ने शोधभर्ना बापतको रकम यकिन भएको मितिले सात दिनभित्र शोधभर्ना दिन कोषले सम्बन्धित लिक्विडेटरलाई लेखी पठाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम लेखी आएमा सम्बन्धित लिक्विडेटरले प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सुरक्षित सदस्य संस्थाले आफ्ना निक्षेपकर्तालाई भुक्तानी गर्नु पर्ने कोषमा सुरक्षण भएको अधिकतम सीमासम्मको रकममध्ये कोषले निक्षेपकर्तालाई भुक्तानी दिएको रकम सम्बन्धित निक्षेपकर्ताको सट्टा कोषलाई शोधभर्ना दिनु पर्नेछ ।
(३) सम्बन्धित लिक्विडेटरले उपदफा (२) बमोजिम कोषलाई शोधभर्ना दिँदा दफा ३५ को उपदफा (२) को अधिनमा रही दायित्व भुक्तानी गर्नु पर्नेछ ।
(४) शोधभर्ना प्रक्रिया सम्बन्धमा भएको सम्पूर्ण खर्चलाई नेपाल राष्ट्र बैङ्क वा लिक्विडेटरको खर्च सरहको प्राथमिकतामा राखिनेछ ।
(५) कोषले रकमान्तर गरेको दायित्व र सम्पत्तिको फरक रकम सुरक्षणमा रहेको निक्षेप सरहको मान्यता र प्राथमिकतामा राखी लिक्विडेटरसँग दाबी गर्नेछ ।
(६) सम्पत्ति असुलीका सम्बन्धमा वित्तीय लिक्विडेटरले नेपाल राष्ट्र बैङ्क समक्ष पेश गरेको प्रतिवेदनमा प्रस्ताव गरेको कार्य कोषको हित विपरीत हुने लागेमा कोषले वित्तीय लिक्विडेटर विरुद्ध नेपाल राष्ट्र बैङ्कमा उजुर गर्न सक्नेछ ।